नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज डलरको भाउ बढेको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसा कायम गरिएको छ। सोमबार डलरको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा थियो।
क्यानेडियन डलरको बिक्रीदर भने बढेको छ। क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ १७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६२ पैसा पाइन्छ। सोमबार क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ४७ पैसा र बिक्री दर ९९ रूपैयाँ ०२ पैसा थियो।
यस्तै युरोपियन युरोको भाउ पनि बढेको छ। युरो एकको खरिदमा १४४ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३४ पैसा पाइन्छ। अघिल्लो दिन युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०३ पैसा तोकिएको थियो।
त्यसैगरी आज अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १० पैसा र बिक्रीदर ८९ रूपैयाँ ५० पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ५२ पैसा तोकिएको छ।
यस्तै मंगलबार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर भने ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आज २८ रूपैयाँ २५ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ। कुवेती दिनार एकको खरिदमाभने ४३१ रूपैयाँ ०१ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ९६ पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको छ।