नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ २० पैसा र बिक्रीमा १४५ रूपैयाँ ८६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४५ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ३९ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ १९ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ३७ पैसा र बिक्रीमा २८ रूपैयाँ ५० पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ३१ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८५ पैसा तोकिएको छ।