हिमालयन बैंकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।
बैंकले गत वर्ष भने ११.११ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो।