नेपाल क्लियरिङ हाउसको अध्यक्ष पदमा रामु पौडेल चयन भएका छन्।
कम्पनीको २३०औं सञ्चालक समितिको बैठकले पौडेललाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो।
एक औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको शपथ ग्रहण समेत लिएका छन्।
नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो।
पौडेलको केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।
एनसिएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो।