बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ७८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३८ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ २७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९३ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ८४ पैसा र बिक्रीमा ९० रूपैयाँ २४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ५७ पैसा र बिक्रीमा १०० रूपैयाँ ०२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ५१ पैसा र बिक्रीमा २८ रूपैयाँ ६३ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ४७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७८ पैसा तोकिएको छ।