गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९–८० को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश गरी कुल १३.५० प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीको लांभाश दर घटेको छ।