ग्लोबल आइएमई बैंक 'भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड' २०२३ बाट सम्मानित भएको छ।
भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो।
बैंकले हालैमात्र भिसासँगको सहकार्यमा भिसा स्क्यान टु पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ। क्युआरमार्फत् भर्चुअल भिसा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ।
बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।