घोराही सिमेन्टले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा होटल पौवा दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरू हुने कम्पनीको भनाइ छ।
सभाले बोनस सेयर वितरण गर्दा हुन आउने खडित सेयरलाईपछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।
यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा पुस १५ गतेसम्मका कायम सेयरधनीहरूले उक्त बोनस सेयर पाउनेछन्।