राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसा घटेको हो।
यस्तै, युरोपियन युरो अघिल्लो दिनको तुलनामा बढेको छ।
आज युरो एकको खरिदमा आज १४६ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०१ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५७ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८५ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०७ पैसा कायम गरिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रूपैयाँ ३५ पैसा र बिक्रीमा ९० रूपैयाँ ७६ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ र बिक्रीमा १०० रूपैयाँ ४५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ६६ पैसा र बिक्रीमा २८ रूपैयाँ ७८ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २६ पैसा र बिक्रीमा ४३४ रूपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६४ पैसा तोकिएको छ।