साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २१.०३ अंकले घटेको छ।
यसदिन नेप्से ०.९९ प्रतिशतले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको छ।
आइतबारको बजारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रूपैयाँको सेयर कारोबार भएको छ।
बिहीबार ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रूपैयाँको सेयर कारोबार भएको थियो। यो रकम अघिल्लो दिनको तुलनामा ८४ करोड रूपैयाँ बढी हो।
यस दिन ३०९ वटा धितोपत्रको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ पावर, बिपिडब्ल्यू लघुवित्त र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।
यसैगरी, ज्योति विकास बैंक बण्ड २०८७ र नेपाल रिपब्लिक मिडियाको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
ज्योति विकास बैंक बण्डको मूल्य ९०० रूपैयाँमा सीमित भएको छ।
यस्तै, नेपाल रिपब्लिक मिडियाको प्रति कित्ता मूल्य ४२० रूपैयाँ ४० पैसा कायम भएको छ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५७० रूपैयाँमा ३० करोड ४३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.३९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हाथवे इन्भेष्टमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३२ रूपैयाँ १० पैसामा २९ करोड ५० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्यसमूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशतले बढेको छ।
यस्तै, लगानी समूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशतले घटेको छ।