राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ३५ अर्ब रूपैयाँ प्रणालीबाट खिच्ने भएको छ।
१४ दिने निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले प्रणालीबाट रकम खिच्न लागेको हो।
बैंकहरूले पुस ११ गते बजेसम्म बोलकबोलमा सहभागिता जनाउनुपर्ने हुन्छ। बैंकहरूले १० करोडदेखि बढीमा ५ करोडले निशेष भाग जाने अंकसम्मको रकमको लागि आवेदन दिन पाउनेछन्।
यसरी राखिएको रकम राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा समेत धितोको रुपमा राख्न सकिनेछ।
बैंकहरूले गरेको बोलकबोलको आधारमा प्रस्ताव गरेको कम ब्याजदर अनुसार नै राष्ट्र बैंकले तोकिएको सीमासम्म रकम लिदै जाने भएको छ।
राष्ट्र बैंकमा राखिने यो रकमलाई बैंकहरूले आफ्नो अनिवार्य तरलता मौज्दात र वैधानिक तरलता अनुपात, तरलता अनुपातमा समेत गणना गर्न पाइरहने छन्।
राष्ट्र बैंकले यसअघि पुस ६ गते २५ अर्ब बराबरको निक्षेप संकलन गरेको थियो।
५५ बैंक तथा वित्तीय संस्थाले यसमा सहभागिता जनाएका थिए। बैंकहरूले ४५ अर्बसम्म राख्ने आवेदन दिएका थिए। जसमा बैंकहरूले न्यूनतम २.२५ देखि २.९४ प्रतिशतसम्म पाएका थिए।