मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
गत शनिबारदेखि एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबारसम्म पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४६ रूपैयाँ २० पैसा र बिक्रीदर १४६ रूपैयाँ ८६ पैसा तोकिएको छ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ५३ पैसा र बिक्रीदर १६९ रूपैयाँ २९ पैसा तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रूपैयाँ ३९ पैसा र बिक्रीमा ९० रूपैयाँ ८० पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ १२ पैसा र बिक्रीमा १०० रूपैयाँ ५८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ६६ पैसा र बिक्रीमा २८ रूपैयाँ ७८ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ०९ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ०५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६७ पैसा तोकिएको छ।