सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ।
बैंक सञ्चालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको हो।
बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्षसम्मको यात्रालाई समेटी तयार पारेको 'कफी टेबल बुक' यसै कार्यक्रममा सार्वजनिक गरेको छ।
यसै कार्यक्रम माझ बैंकले आफ्ना पूर्व सञ्चालक समितिका सदस्यहरू एवम् पूर्व प्रमुख कार्यकारी अधिकृतहरूलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको छ।
त्यसैगरी, यसै अवसरमा बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ। सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो।
ग्राहकहरूले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी युएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, यस कार्ड प्रयोगकर्ताहरूलाई आउँदा दिनहरूमा थप सुविधाहरू पनि उपलब्ध गराउने योजना बैंकको रहेको छ।