महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।
सम्झौतापछि बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
उक्त संस्थाहरू र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
ग्राहकहरूले मकवानपुरको हेटौंडा–४ मा रहेको भुंग्रो थकालीको सेवामा १० प्रतिशत छुट पाउनेछन् भने काठमाडौंको न्यूरोडमा रहेको एङ्गल ज्वेलर्स प्रालिमा गोल्ड मेकिङ चार्जमा ४० प्रतिशत छुट पाउने बैंकको भनाइ छ।
यसैगरी भैरहवाको सिद्धार्थनगर–१२ मा रहेको गाउँले चुलोमा पाइने फुड र स्नेक्समा १० प्रतिशत, काठमाडौंको महाराजगञ्जमा रहेको एजिलस डाइग्नोटिक नेपाल प्रालिमा गरिने ल्याब परीक्षणमा १५ प्रतिशत पाउनेछन्।
यस्तै, मकवानपुरको हेटौंडामा रहेको पल्पसा प्याराडाइज होम प्रालिमा फुड एन्ड बेभेरेजमा १० तथा कोठामा १५ प्रतिशत, काठमाडौंको सुन्धारामा रहेको एक्सप्रेस म्याग्दी होटल प्रालिमा सबै प्रकारका हस्पिटालिटी सेवामा १० प्रतिशत, मकवानपुरको हेटौंडा–४ मा रहेको क्विक २० हाउस होटलमा फुड एन्ड बेभेरेजमा १० प्रतिशत तथा कोठामा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।
यस सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।