एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिस, नयाँ बानेश्वरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
यो सँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले बताएको छ।
उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त आँखा अस्पताल तथा भारतमा रहेको एक सय ४० शाखाबाट समेत सर्जरी प्रोड्युस, माइनर इन्भेष्टिगेसन (स्टाफमात्र) अपटिकलमा १० प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।
साथै पहिलो पटक रजिष्ट्रेसन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलो अप समेत निःशुल्क हुने बैंकको भनाइ छ।
सो समारोहमा बैंकका नायव महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक सञ्जीव कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो।
बैंकले १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।