ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत् गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा एक हजाररूपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।
बैंकले आफ्ना ग्राहकहरूलाई यही पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससिटी कार्डबाट योजना अवधिभर पिओएस मेसिनमार्फत् गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रूपैयाँभन्दा माथिको कारोबार रकममा एक हजार रूपैयाँको क्यासब्याक उपलब्ध गराउने छ।
यसका साथै, वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रूपैयाँसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।
यो क्यासब्याक योजना पुस १७ गतेदेखि २३ गतेसम्म लागू हुनेछ।
आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ।
बैंकले देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।