राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ७७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ७ पैसा बढेको हो।
यस्तै, युरोपियन युरो अघिल्लो दिनको तुलनामा घटेको छ।
आज युरो एकको खरिदमा आज १४६ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४७ रूपैयाँ ६१ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७२ पैसा घटेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ १० पैसा र बिक्रीदर १६९ रूपैयाँ ८६ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७० रूपैयाँ ६१ पैसा कायम गरिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रूपैयाँ २८ पैसा र बिक्रीमा ९० रूपैयाँ ७९ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २१ पैसा र बिक्रीमा १०० रूपैयाँ ६६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ९१ पैसा र बिक्रीमा २९ रूपैयाँ ०४ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ २३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ९७ पैसा तोकिएको छ।