सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४४ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४६ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४७ रूपैयाँ २८ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिददर १४६ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४७ रूपैयाँ ६१ कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा घटेको हो।
यस्तै, सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ १२ पैसा र बिक्रीमा १६९ रूपैयाँ ८८ पैसा पाइन्छ।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रूपैयाँ ४८ पैसा र बिक्रीमा ९० रूपैयाँ ८९ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ९१ पैसा र बिक्रीमा २९ रूपैयाँ ०४ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ३५ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ३० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ९५ पैसा तोकिएको छ।