साताको पहिलो कारोबार दिन आर्थात् सोमबार नेप्से परिसूचक ८.७५ अंकले घटेको छ।
यसदिन नेप्से ०.४२ प्रतिशतले घटेर २०६०.१५ विन्दुमा बन्द भएको छ।
सोमबारको बजारमा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रूपैयाँको सेयर कारोबार भएको छ।
बिहीबार ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रूपैयाँको सेयर कारोबार भएको थियो।
यो रकम अघिल्लो दिनको तुलनामा १९ करोड रूपैयाँ बढी हो।
यस दिन ३०६ वटा धितोपत्रको १ करोड १६ लाख ३४ हजार ७९३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
सिइडिभी हाइड्रोपवर र चिरख्वा हाइड्रोपवरको सेयरमूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य एक हजार ४५ रूपैयाँ र ४८३ रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, नेपाल वेयर हाउजिङ र हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ। यसैगरी, मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।
यसैगरी, मोलुङ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.०९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ३७५ रूपैयाँ पुगेको छ।
यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ६.५९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २७८ रूपैयाँ कायम भएको छ।
सोमबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४५६ रूपैयाँ १० पैसामा १९ करोड ८० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७९ रूपैयाँमा १९ करोड ५६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ।
यस्तै, जलविद्युत समूहको परिसूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको छ।