नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४२ रूपैयाँ ९८ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६७ रूपैयाँ १४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ १० पैसा र बिक्रीमा ८६ रूपैयाँ ४९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रूपैयाँ ८२ पैसा र बिक्रीमा २७ रूपैयाँ ९५ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ५१ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको छ।