नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय प्रगति गरेको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएकोे छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रूपैयाँ नाफा कमाएको थियो।
कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन २० अर्ब ६ लाख रूपैयाँ रहेको छ।
जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमाशुल्क १८ अर्ब ६२ करोड ७२ लाखको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले समीक्षा अवधिमा ३ अर्ब १६ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ६४ करोड रूपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो। नवीकरण बीमाशुल्क १६ अर्ब ८३ करोड रहेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रूपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थियो। कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ६८ अर्ब २ लाख ५ करोड रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १०.४२ रूपैयाँ रहेको छ।
यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ १२८.०१ रूपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति सेयर कुल सम्पत्तिको मूल्य २,४०१ रूपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ।