साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक बढेको छ।
गत सोमबारदेखि बढ्ने क्रममा रहेको नेप्से परिसूचकले यसदिन पनि निरन्तरता पाएको हो। यो चार दिनमा नेप्से ३४ अंकले बढेको छ।
यसदिन नेप्से ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा बन्द भएको छ।
बिहीबारको बजारमा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बुधबार २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रूपैयाँको सेयर कारोबार भएको थियो।
बुधबारको तुलनामा आज कारोबार रकम ३७ करोड रूपैयाँ बढी हो।
यस दिन ३१७ वटा धितोपत्रको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ९२३ रूपैयाँ २० पैसा कायम भएको छ।
यस्तै, बुद्धभूमी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७९ रूपैयाँ १० पैसा पुगेको छ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को मूल्य सर्वाधिक ९.९७ प्रतिशतले घटेको छ। उक्त योजनाको मूल्य ८ रूपैयाँ ४९ पैसा कायम भएको छ।
यस्तै, आरबिबी म्युचुअल फण्ड–१ को मूल्य ५.५३ प्रतिशतले घटेको छ। उक्त योजनाको मूल्य ७ रूपैयाँ ८६ पैसा कायम भएको छ।
बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६८९ रूपैयाँमा १८ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा चन्द्रागिरी हिल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९२० रूपैयाँमा ८ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशतले बढेको छ।
यस्तै, म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १ प्रतिशतले घटेको छ।