मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ७ अर्ब १८ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ५ अर्ब ६५ करोडमा सीमित भएको छ।
यसदिन ३४९ वटा धितोपत्रको एक करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
शिखर पावर डेभलपमेन्टको मूल्य सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३५ रूपैयाँ पुगेको छ।
यस्तै, रिभर फल्स पावरको मूल्य ५.८० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३८३ रूपैयाँ कायम भएको छ।
यसदिन बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक ५.०४ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रति कित्ता मूल्य ७६५ रूपैयाँ ५० पैसा पुगेको छ।
यसैगरी, चिरख्वा हाइड्रोपावरको मूल्य ४.९४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४६० रूपैयाँमा सीमित भएको छ।
मंगलबार ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २७२ रूपैयाँमा २३ करोड १४ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बुटवल पावर रहेको छ। उक्त कम्पनीको ७३६ रूपैयाँमा १९ करोड ४४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी नौ समूहको बढेको छ।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ।