धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ प्रहरीको सहयोगमा कार्यालय प्रवेश गरेका छन्।
३७ दिनदेखि आन्दोलनमा रहेका कर्मचारीहरूले सशक्त रुपमा विरोधका कार्यक्रम अगाडि बढाउने बताएपछि श्रेष्ठ प्रहरीको सहयोगको कार्यालय प्रवेश गरेका हुन्।
‘अध्यक्ष ज्यु ११ बजे कार्यालय आउनु भएको हो, त्यसको केही समयअघि प्रहरीहरू आएर तैनाथ भएपछि वहाँ कार्यालय प्रवेश गर्नु भएको छ,’ एक कर्मचारीले भने।
आन्दोलनरत कर्मचारी र अर्थमन्त्रालयबीच समन्वय गर्न नसकेको भन्दै अध्यक्ष श्रेष्ठको आलोचना भइरहेको छ।
केही लगानीकर्ताहरूले सुधारका नीति र कार्यक्रम कार्यान्वयन गर्न असफल भएको भन्दै बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिनु पर्ने माग सहित कात्तिक १४ गते आन्दोदन गर्ने समेत घोषणा गरेका छन्।
केही समयअघि पनि धितोपत्र बोर्डका अध्यक्ष सहित अन्य माथिल्लो तहका कर्मचारीलाई प्रर्दशनकारी लगानीकर्ताहरूबाट बचाएर प्रहरीले स्कर्टिङ गरेर घर छोड्नु परेको थियो।
गत भदौ ३१ गते अर्थ मन्त्रालयमा राजस्व सचिवस्तरीय बैठकले नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ नियम विपरीत भएका भन्दै खारेज गरेपछि कर्मचारीहरू आन्दोलनरत छन्।
यो पनि:
कामै रोकेर किन आन्दोलनमा ओर्लिए बोर्डका कर्मचारी?
राति अबेरसम्म प्रहरी तैनाथ, हाकिमहरूलाई गर्नुपर्यो स्कर्टिङ, के भएको थियो धितोपत्र बोर्डमा?