दया लागिसक्यो
आफ्नै कर्मको फल चाख्न नसकी
बार्दलीमा थर्थराउँदै मुरमुरिहेका
यो घरका हजुरबा हेरी।
भान्सा पसे केटाकेटीहरू
हो-हल्ला गरिरहेछन्
भाँडाकुँडा बजाइरहेछन्
के उपद्रो पार्ने हुन् फेरि।
कविता आक्रोशमा छन्
गीत रोइरहेका छन्
म्युजिक चिच्याइरहेका छन्-
बनमाराले ढाकिसक्यो आँगनैभरि!
हत्तेरी!
मध्यान्ह भइसक्यो
अझै उठेन
यो घर उठाउने तन्नेरी।