सोमबार सेयर बजार परिसूचक नेप्से ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा आइपुगेको छ।
यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन चार अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको हो।
अघिल्लो दिन अर्थात् आइतबार सात अर्ब आठ करोड रूपैयाँको कारोबार भएको थियो।
बजार घट्दा पनि चार कम्पनीमा सर्किट ब्रेक लागेको छ। सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्री नगर एग्रिटेकको सेयर मूल्य करिब १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।
आइतबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये वित्त, विकास बैंक, हाइड्रो, उत्पादनमूलक र लघुवित्त समूहमा सुधार देखिएको छ।
लगानी समूह सबैभन्दा धेरै ०.७३ प्रतिशतले घटेको छ।
कारोबारमा आएक ३२५ कम्पनी मध्ये एक सय ६० वटाको मूल्य बढेको छ। एक सय ६० वटाको सेयर मूल्य घटेको छ।
त्यस्तै सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रो कम्पनीको सेयर कारोबार भएको छ। कम्पनीको २७ करो८ १० लाख रूपैयाँको कारोबार भएको हो।
बजार घट्दा पनि सागर डिष्टिलरी र स्वस्तिक लघुवित्तका लगानीकर्ताले आज सार्वधिक कमाएका छन्। सागर डिष्टिलरीको प्रतिकित्ता १४६.६० रूपैयाँले बढेर एक हजार ६३०.१० पुगेको छ।
कम्पनीको सेयरमा केही दिनयता सर्किट ब्रेक लागिरहेको छ।