नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जी लिमिटेडलाई आइपिओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ।
धितोपत्र बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरका कुल १२ लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।