लाभांश क्षमता देखिएका सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुन थालेसँगै यस वर्ष पनि लगानीकर्ताको ध्यान लाभांशतर्फ केन्द्रित हुने अपेक्षा गरिएको थियो।
हालसम्म सार्वजनिक विवरणले भने लाभांश दिने क्षमता देखाएका कम्पनीहरूको सेयर मूल्यमा त्यस अनुसारको उत्साह देखाएका छैनन्।
हालसम्म वित्तीय विवरण प्रकाशित गरेकामध्ये लाभांश क्षमता देखाएका १५ वटा कम्पनीमा केहीले ४० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने संकेत गरेका छन्।
तर असार ३२ देखि साउन २० सम्मको अवधिमा अधिकांश कम्पनीको सेयर मूल्य सामान्य उतारचढावमै सीमित भएको छ। केही कम्पनीको मूल्य २०–४० रूपैयाँसम्म बढेको भए पनि कतिपय कम्पनीको मूल्य घटेको छ।
फर्स्ट माइक्रोफाइनान्सले १०.१३ प्रतिशत लाभांश क्षमता देखाउँदा पनि यसको सेयर मूल्य असारयता एक सय रूपैयाँ घटेको छ।
१०.९७ प्रतिशत लाभांश क्षमता देखाएको आरएसडिसी लघुवित्तको मूल्य पनि १३ रूपैयाँ घटेको छ। यी दुवैको लाभांश क्षमता यसअघिभन्दा वृद्धि भएको हो।
यसअघि आरएसडिसी लघुवित्तको यस्तो क्षमता ७.९८ प्रतिशत थियो भने ८ प्रतिशत नगद लाभांश दिएको थियो।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको यसअघि लाभांश क्षमता ८.०२ प्रतिशत थियो भने ६.५ प्रतिशत नगद लाभांश दिएको थियो।
तर लाभांश क्षमताकै कारण मात्र अहिले बजार चल्ने देखिँदैन।
यसका विभिन्न कारण छन्।
सबै कम्पनीले लाभांश क्षमता अनुसार नदिन सक्छन्। पर्याप्त चुक्ता पुँजी भएका संस्थाले थप पुँजी वृद्धि गर्न नचहान सक्छन् र बोनस सेयरभन्दा नगद लाभांशमा जोड दिन सक्छन्।
यसले पनि मूल्यमा प्रभाव पार्छ। किनभने लगानीकर्ताहरूमा नगद लाभांशभन्दा बोनस सेयर रूचाउने प्रवृत्ति धेरै छ।
त्यस्तै, लघुवित्त कम्पनीहरूमा बढ्दो निष्क्रिय कर्जाले पुँजी कोषमा समेत दबाब दिएका छन्।
राष्ट्र बैंकले पुँजीकोषमा असर नपर्ने गरेर लाभांश वितरण गर्न सीमा नै तोकिदिएको छ। यसको पनि बजारमा प्रभाव छ।
फर्स्ट माइक्रोफाइनान्स र आरएसडिसीको निष्क्रिय कर्जा भने ३ देखि ४ प्रतिशत हाराहारी मात्रै छ।
बजारले अझै स्पष्ट प्रवृत्ति नदेखाएकाले पनि लगानीकर्ताहरूले लगानी निर्णय लिन सकेका छैनन्। यही कारण लाभांश क्षमता राम्रो देखिए पनि मूल्यमा सो अनुसार प्रभाव परेको छैन।
ब्रोकरहरू भने बजार न्यून भएको यो समयमा लाभांश क्षमता देखिएका कम्पनीहरू नै तुलनात्मक रूपमा राम्रा हुने बताउँछन्।
यस्ता कम्पनी तुलनात्मक रूपमा सुरक्षित र दिगो लगानी हुन सक्ने उनीहरूको भनाइ छ।
तर लगानी गर्नुअघि लगानीकर्ता आफैले पनि वित्तीय विवरण अध्ययन गर्न, बजार प्रवृत्ति बुझ्न सही हुने उनीहरू बताउँछन्।
|
कम्पनी
|
लाभांश क्षमता प्रतिशत
|
मूल्य
असार ३२
|
मूल्य
साउन २०
|
मूल्य
फरक रू.
|
|
माहुली लघुवित्त
|
४२.५८
|
१२३०
|
१२७०
|
४०
|
|
एभरेस्ट बैंक
|
३८.३२
|
६९५
|
७३०
|
३५
|
|
साना किसान लघुवित्त
|
३३.४६
|
७५१.९
|
७५२
|
०.१
|
|
हिमालयन लघुवित्त
|
२७.२३
|
८६९.४
|
८९०
|
२०.६
|
|
सिद्धार्थ बैंक
|
२६.१५
|
३९५
|
४१७
|
२२
|
|
सानिमा बैंक
|
२०.८५
|
३५०
|
३७५.४
|
२५
|
|
कामना सेवा विकास बैंक
|
१५.१६
|
४७४
|
४७५
|
१
|
|
एक्सेल डेभलपमेन्ट बैंक
|
१४.३८
|
५६१.३
|
५९०.९
|
३०
|
|
सांग्रिला डेभलपमेन्ट बैंक
|
१३.१९
|
४०४
|
४११
|
७
|
|
ग्लोबल आइएमई बैंक
|
१२.०२
|
२४०
|
२५३.२
|
१३
|
|
आइसिएफसी फाइनान्स
|
११.९८
|
५८९
|
६०९.५
|
२१
|
|
आरएसडिसी लघुवित्त
|
१०.९७
|
६४९.८
|
६३७.१
|
-१३
|
|
महालक्ष्मी विकास बैंक
|
१०.३१
|
३४६
|
३५७
|
११
|
|
फर्स्ट माइक्रोफाइनान्स
|
१०.१३
|
८६०
|
७६०
|
-१००
|
|
एनएमबी बैंक
|
९.०८
|
२३९.५
|
२४६.५
|
७
|