हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले आफ्नो लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन लगानी गर्ने भएको छ।
कम्पनीको भदौ २४ गते बसेको २३५औं सञ्चालक समितिको बैठकले दुईवटा कम्पनीमा कुल ४० करोड रूपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार हाथवेले विजयश्री सुगर मिल्स लिमिटेडको २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्न प्रतिसेयर १०० रूपैयाँका दरले २५ करोड रूपैयाँसम्म लगानी गर्नेछ।
त्यस्तै, भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरिरहेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन २४.९२१ मेगावाट क्षमताको इन्दुवा खोला जलविद्युत आयोजनामा पनि लगानी गर्ने भएको छ।
आयोजनामा प्रतिसेयर १०० रूपैयाँका दरले १५ लाख कित्ता संस्थापक सेयर खरिद गर्न १५ करोड रूपैयाँसम्म लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।