मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ।
आइतबार ३ अर्ब ८२ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ५ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३५० वटा धितोपत्रको एक करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ। यस्तै, ३ कम्पनी स्थिर छन्।
एभरेस्ट कलरको मूल्य सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७६ रूपैयाँ ९० पैसा पुगेको छ।
यस्तै, माउन्टेन हाइड्रोको मूल्य ३.४२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २९३ रूपैयाँ ७० पैसा कायम भएको छ।
यसदिन मानुषी लघुवित्तको मूल्य सर्वाधिक ८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८६४ रूपैयाँ ८० पैसा पुगेको छ।
यसैगरी, मेन्छियाम हाइड्रोपावरको मूल्य ७.२७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २६२ रूपैयाँ ६० पैसामा सीमित भएको छ।
मंगलबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ५६१ रूपैयाँ ६० पैसामा ३२ करोड १७ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.१९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ। उक्त कम्पनीको २८२ रूपैयाँ ८० पैसामा ३० करोड ८३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ११ समूहको परिसूचक बढेको छ भने बाँकी २ समूहको घटेको छ।
यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ।