सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
होटलले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १६.८४२१ प्रतिशत नगद गरी कुल ३६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त लाभांश प्रस्ताव पारित गर्न होटलले पुस २१ गते काठमाडौंमा ५२औं वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरू हुनेछ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि होटलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
बुक क्लोजका आधारमा मंसिर २९ गतेसम्मका कायम सेयरधनीहरू होटलको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।