नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रूपैयाँ २८ पैसा र बिक्रीदर १४७ रूपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९६ पैसा थियो।
युरोपियन युरो एकको खरिददर १६१ रूपैयाँ १२ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७८ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १६२ रूपैयाँ १६ पैसा र बिक्रीदर १६२ रूपैयाँ ८२ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ११ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर ९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा थियो।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रूपैयाँ १३ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७६ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७७ रूपैयाँ २४ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिददर १०३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रूपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रूपैयाँ ४४ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ २४ पैसा र बिक्रीदर नौ रूपैयाँ २७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ०६ पैसा र बिक्रीदर २२ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ २६ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ ४१ पैसा र बिक्रीदर ४० रूपैयाँ ५७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३१ पैसा र बिक्रीदर चार रूपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ४० रूपैयाँ १० पैसा र बिक्रीदर ४० रूपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ९६ पैसा र बिक्रीदर ११ रूपैयाँ ०१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३४ पैसा र बिक्रीदर १४ रूपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ५६ पैसा र बिक्रीदर २१ रूपैयाँ ६४ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ७९ पैसा र बिक्रीदर १८ रूपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४७६ रूपैयाँ ६३ पैसा र बिक्रीदर ४७८ रूपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रूपैयाँ ६३ पैसा बिक्रीदर ३९२ रूपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ०९ पैसा रहेको छ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।