कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ।
जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिबारदेखि पुनः सञ्चालनमा आएको हो।
भाटभटेनीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा फेरि भदौ २४ जस्तो दिन नआओस् भनि कामना गरे।
प्रवन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुन सञ्चालनमा ल्याउने समेत बताए।
'नेपालमा जुन दुर्घटना भयो। त्यो घटनाको ठूलो भार, शिकार भाटभटेनीले भोग्नु पर्यो। भाटभटेनीले हिम्मत राखेको छ–जिरो भएको एउटा भाटभटेनी उठ्यो। अब क्रमशः सबै चाँडै उठ्नेछ। भाटभेटनी मात्रै होइन, नेपाल नै उठ्छ। नेपालीले आफ्नै सृजना गर्छ, हामीसँग हिम्मत छ, क्षमता छ,’ उनले भने।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा अर्बौंको क्षति भएको थियो।
ती सबै सुपरमार्केटहरुको सञ्चालनमा ढिलाई नहुने प्रवन्ध निर्देशक गुरुङले बताए।
तस्बिरहरूः





















सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।