राष्ट्रिय कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा कुखुराको मासुको नयाँ मूल्य तोकेको छ।
संघले मंगलबारदेखि लागू हुने गरी कुखुराको मासुको खुद्रा मूल्य प्रतिकिलो ३५० रूपैयाँ तोकेको हो। यसअघि यसको मूल्य प्रतिकिलो ३६५ रूपैयाँ थियो।
संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार मासुको खपत घटेको र उत्पादन बढेकाले मूल्य घटाइएको हो।
'दसैंमा कुखुराको मासुको खपत कम भयो। तर उत्पादन बढेकाले बजारमा आपूर्ति बढी हुँदा मूल्य घटाउनु परेको हो,' उनले भने।
नयाँ मूल्य काठमाडौ, भक्तपुर र ललितपुरमा लागू हुने संघले जनाएको छ।