जावलाखेल डिस्टिलरी प्रा.लि. ले नेपालको रेडी–टु–ड्रिङ्क (आरटिडी) बजारमा नयाँ उत्पादन 'रुस्लान–रिफ्रेसिङ अल्कोहोलिक पेय' सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नेपाली बजारमा पहिलोपटक 'पिच आइस टी' स्वादमा अल्कोहोलिक पेय ल्याइएको हो।
५ प्रतिशत अल्कोहोल मात्रा (एबिभी) रहेको यो पेय विशेषगरी नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गरी तयार गरिएको जनाइएको छ।
कम्पनीले आजका अभिव्यक्तिशील र अनुभव–केन्द्रित युवालाई ध्यानमा राख्दै उत्पादन तयार गरिएको बताएको छ। आफ्नै शैली र पहिचान बनाउन चाहने पुस्तालाई लक्षित गर्दै ब्रान्ड अघि बढाइएको उल्लेख गरिएको छ।
विश्वभर लोकप्रिय 'पिच आइस टी' स्वादलाई अल्कोहोलिक स्वरूपमा प्रस्तुत गरिएको यो पेय सहज रूपमा पिउन मिल्ने र आधुनिक स्वादको रहेको कम्पनीको दाबी छ।
२७५ मिलिलिटरको क्यानमा उपलब्ध 'रुस्लान' हाल काठमाडौंका केही पसलहरूमा प्रतिक्यान २२५ रूपैयाँमा बिक्री भइरहेको छ।
कम्पनीले यस उत्पादनमार्फत नेपालमा आरटिडी पेयको नयाँ अध्याय सुरू गर्ने अपेक्षा गरेको छ।