पोर्चुगलबाट एसमनी ट्रान्सफर मार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो इभी कार जितेका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो इभी कार हस्तान्तरण गरे।
अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आइएमई प्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे।
विदेशमा रहेर परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे।
सो अवसरमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेर मात्र धन–सम्पत्ति होइन स्वदेशमा सिप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवाको सङ्ख्या बढ्दै गएको बताए।
गत कात्तिकदेखि माघसम्म सञ्चालित 'एसमनी ट्रान्सफरको खबर छ, खुसी नै खुसी' योजना अन्तर्गत विदेशबाट एसमनी ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राहीहरू यो लक्की ड्रमा समावेश थिए।
यसै योजनाअन्तर्गत दुई जना भाग्यशाली सेवाग्राहीहरूले आईफोन १६ इ पनि प्राप्त गरिसकेका छन्।
आइएमईले विगतदेखि नै विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न योजना सञ्चालन तथा साझेदारी गर्दै आएको छ।