चैतमा हुने निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरू भएको छ।
आगामी चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि विभिन्न समूहहरूले उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्। अन्य पदमा भने प्रतिस्पर्धा हुनेछ।
महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाल समूहले उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ।
सो समूहले सोमबार अपराह्न उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय गरेको छ।
हाललाई वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरिएको छैन।
तर, यसै समूहबाट एसोसिएट उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ उम्मेदवार बन्ने तयारीमा छन्। उनले दोहोर्याउन लागेकी हुन्।
जिल्ला नगर उपाध्यक्ष पदका लागि उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी दिने भएका भएका छन्। यसपटकदेखि दुई जना जिल्ला नगर उपाध्यक्ष रहने व्यवस्था गरिएको छ।
वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिलातर्फबाट उपाध्यक्ष पदमा कमला श्रेष्ठसहितको प्यानल पनि सोमबार घोषणा गर्ने भएको हो