दक्षिण एसियाली मुलुकहरूमा नेपालको मात्रै चालु खाता नाफामा रहने देखिएको हो।
अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपण अनुसार सन् २०२४ मा नेपाल र चीनको मात्रै चालु खाता नाफामा रहने देखिएको आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८०–८१ ले उदृत गरेको छ।
कुनैपनि मुलुकको अन्य मुलुकसँगको वस्तु तथा सेवाको व्यापारलाई चालु खाताले देखाउँछ।
नेपालको चालु खाता कुल गाहस्थ्य उत्पादन (जिडिपी)को तुलनामा १.५ प्रतिशतले बचतमा रहने प्रक्षेपण गरिएको छ।
मालदिभ्सको यस्तो खाता घाटा अनुपात सबभन्दा धेरै रहने भएको हो।
मालदिभ्सको यस्तो घाटा जिडिपीको तुलनामा १९.४ प्रतिशत छ। भारतको यस्तो खाता जिडिपीको तुलनामा १.४ प्रतिशतले घाटा हुने देखिएको छ।
एसियाली मुलुक चीनको पनि चालु खाता १.३ प्रतिशत नाफामा देखिने भएको हो।
![chalu-khata-1716722077.jpg](https://www.setopati.com/uploads/posts/chalu-khata-1716722077.jpg)