जेठ महिनामा ९३ अर्ब रूपैयाँ बराबरको मात्रै राजस्व संकलन भएको छ।
चालु आर्थिक वर्षमा औसत रूपमा ६ प्रतिशतले राजस्व बढे पनि जेठ महिनामा मात्रै भने राजस्व बढ्न सकेको देखिएन।
२०८२ को जेठ महिनामा ९३ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो।
महालेखा नियन्त्रकको कार्यालयले राखेको तथ्यांकले यो वर्ष पनि ९३ अर्ब रूपैयाँकै राजस्व संकलन भएको देखाएको छ।
अर्थमन्त्रालयले जेठ महिनामा औसत राजस्व वृद्धिदरभन्दा बढी राजस्व संकलन हुने अपेक्षा राखे पनि जेठमा वृद्धिदर नदेखिएको हो।
गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा ६.४६ प्रतिशतले राजस्व बढेको देखिएको छ।
महालेखाका अनुसार चालु वर्षको ११ महिनामा १० खर्ब ८१ अर्ब (बाँडफाँट गर्नु अघिको) राजस्व संकलन भएको छ।
सरकारले १४ खर्ब ८० अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो।
आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहॅंदा ७१ प्रतिशत उठेको हो।
अघिल्लो वर्ष यसै समयमा १० खर्ब १५ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो।
गतवर्ष १४ खर्ब १९ अर्बको लक्ष्यमा यो समयमा ७३ प्रतिशत राजस्व संकलन भएको थियो।