बागमती प्रदेश सरकारले एकै पटक ११ प्रतिशत प्रशासनिक खर्च घटाउने लक्ष्य राखेको छ।
प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यो खर्च कटौती गरिने गरी कार्यक्रम ल्याएको बताएका हुन्।
बागमती प्रदेश सरकाररमा अहिले १४ वटा मन्त्रालय छन्।
यसअघि सरकारले र सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रालयको संख्या ७ वटामा सीमित गर्ने निर्णय गरेको थियौ।
त्यस्तै कर्मचारीको दरवन्दी संख्या पनि ७०० बढी घटाउने योजना राखिएको छ।
प्रदेश खर्चको मितव्ययी र मन्त्रालय तथा निकायहरूको पुनरसंरचनाबाट प्रशासनिक खर्च ११ प्रतिशतले कम गर्ने लक्ष्य राखिएको मन्त्री तामाङले बताए।
चालु आर्थिक वर्षमा बागमी प्रदेश सरकारले स्थानीय तहमा पठाउने अनुदानसहित २६ अर्ब रूपैयाँभन्दा धेरैको चालु खर्च विनियोजन गरेको थियो।