'क्यान इन्फोटेक– २०२४' प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा जारी छ। बिहीबारदेखि सुरू भएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ।
जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था छ।
यो प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास छ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघले जनाएको छ।
तस्बिरहरू:
-1707466006.jpg)
-1707466007.jpg)
-1707466007.jpg)
-1707466010.jpg)
-1707466010.jpg)
-1707466008.jpg)
-1707466008.jpg)
-1707466011.jpg)
-1707466011.jpg)
-1707466014.jpg)
-1707466013.jpg)
-1707466015.jpg)
-1707466012.jpg)
-1707466012.jpg)
-1707466015.jpg)
-1707466017.jpg)
-1707466017.jpg)
-1707466016.jpg)
-1707466016.jpg)