स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर 'न्यू इयर, न्यू मी विद एनसेल एण्ड रियलमी' नामक विशेष योजना सार्वजनिक गरेको छ।
टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँ वर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्न सक्छ।
यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डेटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन्।
फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो।
नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ।
८+१२८ जिबीको लागि मूल्य २६ हजार ९९९ रूपैयाँ र ८+२५६ जिबीको लागि २९ हजार ९९९ रूपैयाँ रहेको छ।
फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरी आरामसँग चलाउन सकिन्छ।
साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन वास्तवमै एक उपयुक्त रोजाइ रहेको कम्पनीको भनाइ छ।
यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुनेछ।