अमेरिकी कम्पनी एप्पलले यो वर्ष आइफोन–१७ सिरिज सार्वजनिक गर्ने भएको छ।
एप्पलले हरेक वर्ष आफ्नो उत्पादनमा केही न केही डिजाइन परिवर्तन गर्दै आएको छ। त्यस्तै, यो वर्ष क्यामरा डिजाइन परिवर्तन गरिएको देखिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
कम्पनीले आइफोन–१७ सिरिजका सबै मोडलमा २४ मेगापिक्सलको सेल्फी क्यामरा दिने बताइएको छ।
त्यस्तै, आइफोन–१७ प्रो र आइफोन–१७ म्याक्सको पछाडि भागमा ती वटा क्यामरा जडान गरिएको हुनेछ।
४८ मेगापिक्सल सेन्सर, एक फ्युजन लेन्स, एक अल्ट्रावाइड लेन्स र एक टेट्राप्रिसिम टेलिफोटो हुनेछ। त्यसका साथै जुम पावर र ८के भिडिओ रेकर्डिङ सुविधा पनि हुनेछ।
त्यस्तै, एकै समयमा रियल र सेल्फी क्यामरा दुवै प्रयोग गर्न सकिने डुअल भिडिओ रेकर्डिङको सुविधा पनि दिनसक्ने अनुमान लगाइएको छ।