चिनियाँ मोबाइल ब्राण्ड ओपोले चिनियाँ बजारमा ओपो रेनो–१४ आज (बिहीबार) सार्वजनिक गर्ने भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार चिनियाँ टेक अनलाइनले रेनो–१४ स्मार्टफोनको विशेषताबारे उल्लेख गरेको छ।
यो फोनमा ६.८३ इञ्चको डिस्प्ले जडान गरिएको हुनेछ।
यो अघिल्लो वर्ष सार्वजनिक गरिएको रेनो–१३ प्रोको स्तारोन्नति सहितको नयाँ संस्करण हो। यो फोन ग्राहकले तीन वटा रंगमा किन्न पाउनेछन्।
कम्पनीले यसमा ६ हजार दुई सय एमएएच ब्याट्री दिएको छ।
फोनको पछाडि भागमा दुईवटा क्यामरा डिजाइन गरिएको छ, जसमा मुख्य क्यामरा ५० मेगापिक्सल छ।
यो फोन ग्राहकले १२ जिबी/२५६ जिबी, १२ जिबी/५१२ जिबी, १६ जिबी/५१२ जिबी र १६ जिबी/१ टिबी क्षमतामा पाउँनेछन्।