नेपाल टेलिकमले प्रबन्धक रविन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको छ।
नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई प्रवक्ता तोकेको हो।
टेलिकमले मंगलबार एक विज्ञप्ति जारी गर्दै मानन्धरलाई प्रवक्ता बनाइएको जानकारी दिएको हो।