चिनियाँ मोबाइल कम्पनी भिभोले भारतीय बजारमा भिभो–टिफो अल्ट्रा स्मार्टफोन सार्वजनिक गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले उक्त फोन बुधबार सार्वजनिक गरेको हो।
यो सिरिज टिफो सिरिज अन्तर्गतको प्रिमियम फोन हो। फोनमा एआई फिचर्स समावेश गरिएको छ। फोनमा ६.६७ इञ्चको डिस्प्ले जडान गरिएको छ।
यस फोनमा तीन वर्षसम्म ओएस अपडेट र चार वर्षसम्म सेक्युरिटी अपडेट मिल्नेछ।
उपभोक्ताले फोनमा पाँच हजार पाँच सय एमएएच ब्याट्रीका साथै ९० वाटको फास्ट चार्जिङ सुविधा पाउँनेछन्।
फोनको पछाडि भागमा तीनवटा क्यामरा जडान गरिएको छ। जसमा मुख्य लेन्स ५० मेगापिक्सल, पेरिस्कोप लेन्स ५० मेगापिक्सल र ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स छ। त्यस्तै, सेल्फीका लागि ३२ मेगापिक्सलको लेन्स जडान गरिएको छ।
फोन दुइटा रंगमा पाइने छ।
यो स्मार्टफोन ८ जिबी/२५६ जिबी, १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा किन्न पाइन्छ।
फोनको मूल्य क्रमशः ३७ हजार ९ सय ९९, ३९ हजार ९ सय ९९ र ४१ हजार ९ सय ९९ भारू तोकिएको छ।