नेपाल टेलिकमले डोल्पाको कागकोटमा पनि फोर-जी सञ्चालनमा ल्याएको छ।
छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।
कम्पनीले ४ हजार २ सय मिटर उचाईमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याएको हो।
यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय निकायको संख्या ७५० पुगेको छ।
यो माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको पहिली फोरजी साइट हो।
टेलिकमका अनुसार डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका, शे-फोक्सुन्डो गाउँपालिका र मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा पुग्न बाँकी छ।
टेलिकमले ती स्थानीय तहमा पनि फोरजी सेवा विस्तार गर्ने बताएको छ।