भायानेट कम्युनिकेसनले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पिएमएनसी) नेपाल २०२६ सँग साझेदारी गर्दै प्रतियोगिताको आधिकारिक इन्टरनेट पार्टनर बनेको छ।
यस साझेदारीमार्फत भायानेटले नेपालको बढ्दो ई–स्पोर्ट्स तथा गेमिङ समुदायसँग आफ्नो सम्बन्ध थप बलियो बनाउने भएको छ।
पिएमएनसी नेपाल २०२६ को राष्ट्रिय फाइनल प्रतियोगिता भदौ ६ र ७ गते २०८३ काठमाडौंस्थित दशरथ रंगशाला कभर्ड हलमा आयोजना हुँदैछ।
प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीहरूले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
पछिल्लो समय नेपालमा गेमिङ मनोरञ्जनमा मात्र सीमित नभई प्रतिस्पर्धा, समुदाय र युवाहरूका लागि करियरको सम्भावनासमेत बन्दै गएको छ।
यही परिवर्तनलाई ध्यानमा राख्दै भायानेटले ई–स्पोर्ट्सलाई नेपालको नयाँ पुस्तासँग जोडिने महत्वपूर्ण माध्यमका रूपमा लिएको छ।
भायानेट वाइफाइ ६ उच्च क्षमताको इन्टरनेट आवश्यक पर्ने गतिविधिका लागि तयार गरिएको प्रविधि हो।
यसले ४ गुणासम्म उच्च कार्यक्षमता, राम्रो पहुँच र कम विलम्बता प्रदान गर्ने कम्पनीले जनाएको छ।
गेमिङका साथै भिडिओ हेर्ने, घरबाटै काम गर्ने तथा एउटै समयमा धेरै उपकरण प्रयोग हुने अवस्थामा पनि वाइफाइ ६ ले सहज इन्टरनेट अनुभव दिन सहयोग गर्ने भायानेटको भनाइ छ।
नेपालमा ई–स्पोर्ट्सप्रति युवाहरूको आकर्षण बढ्दै जाँदा भायानेटले खेलाडी, गेमर र सम्पूर्ण गेमिङ समुदायलाई राम्रो इन्टरनेट अनुभव प्रदान गर्ने उद्देश्यले यस क्षेत्रमा आफ्नो सहभागिता बढाउँदै लगेको छ।
पिएमएनसी नेपाल २०२६ मा भायानेटले प्रतियोगिताको इन्टरनेट पार्टनरका रूपमा खेलाडीहरूको प्रतिस्पर्धालाई आवश्यक कनेक्सन उपलब्ध गराउनेछ।
यस साझेदारीमार्फत भायानेटले नेपालको ई–स्पोर्ट्स क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै गेमिङ समुदायसँगको सम्बन्धलाई नयाँ स्तरमा लैजाने अपेक्षा गरेको छ।