सामसङले नेपाली उपभोक्ताहरूका लागि विशेष 'मनसुन अफर' सार्वजनिक गरेको छ।
सामसङ नेपालले आफ्ना पछिल्ला मोडलका टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजेरेटरहरूमा २३ प्रतिशतसम्मको भारी क्यासब्याक र विभिन्न उपहारसहितको योजना ल्याएको हो।
प्रिमियम प्रविधि र सुविधाहरूलाई आम उपभोक्तामाझ सहज रूपमा पुर्याउने उद्देश्यले ल्याइएको यस अफरले घरका पुराना उपकरणहरू अपग्रेड गर्न चाहनेहरूलाई उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
यस योजनाअन्तर्गत चुनिएका सामसङ टिभीहरूको खरिदमा ग्राहकले १२ महिनासम्मको निःशुल्क नेट टिभी सब्स्क्रिप्सन प्राप्त गर्नेछन्।
साथै, ८५ इन्चको नियो क्युएलइडी र ७५ इन्चको युएचडी टिभी खरिद गर्दा ४९ हजार ९९९ रूपैयाँ मूल्यको साउन्डबार उपहारस्वरूप पाइनेछ।
टिभी सेगमेन्टमा मोडलअनुसार ७ देखि २१ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ।
वासिङ मेसिन र रेफ्रिजेरेटरमा भारी छुट
सामसङका ७ केजीदेखि १२ केजी क्षमताका वासिङ मेसिनहरूमा २३ प्रतिशतसम्म तत्काल क्यासब्याक पाइनेछ।
विशेष गरी एआई इकोबबल वासर ड्रायर र फ्रन्ट लोड मेसिनहरूमा आकर्षक छुटसँगै चुनिएका मोडलमा सर्फ एक्सेल म्याटिक पाउडर समेत उपहार दिइनेछ।
त्यसैगरी, रेफ्रिजेरेटरतर्फ साइड-बाई-साइड, फाइभ-इन-वान र डबल डोर मोडलहरूमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ।
किस्ताबन्दी र एक्सचेन्ज सुविधा
ग्राहकहरूको खरिद प्रक्रियालाई थप सहज बनाउन सामसङले हुलास फिनसर्भमार्फत 'सामसङ इन्स्टा फाइनान्स' सेवा पनि उपलब्ध गराएको छ।
जसअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा २४ महिनासम्मको इएमआई सुविधामा सामान खरिद गर्न सक्नेछन्।
त्यस्तै, पुराना उपकरण फेरेर नयाँ लैजान चाहने ग्राहकका लागि 'अर्को स्टोर' वा सामसङका अधिकृत स्टोरमार्फत एक्सचेन्ज सुविधा समेत उपलब्ध छ।
यो अफर सीमित अवधिका लागि मात्र देशभरका सामसङ अधिकृत रिटेल स्टोरहरूमा लागू हुने कम्पनीले जनाएको छ।