मंगलबार सुनको मूल्य ९९ हजार ८ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको सुन आज २ सय बढेर नयाँ रेकर्ड कायम गरेको हो। यसअघिको सुनको मुल्य सोमबार थियो। पछिल्लो समय सुन अनपेक्षित रुपले बढ्दै गएको छ।
आज चाँदीको मूल्य १२ सय ३० प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदी अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७, ०१:२२:००